Skip to main content

मत्स्य विज्ञान- अध्ययन, अनुसन्धान र उद्यमको अवसर: प्रा. डा . शुनिला राई

प्रा. डा . शुनिला राई Agriculture and Forestry University, रामपूर, चितवनमा प्राध्यापक हुनुहुन्छ । सन् १९९९ देखी यस विश्वविद्यालयमा अध्यापन गर्नु भएका डा . राईले Head of Department, Assistant Dean जस्ता पदहरुबाट अध्यापन र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । Asian Institute of Technology, Thailand बाट Aquaculture and Aquatic Resources Management मा विद्यावारिधि गरेर फर्के पछि वहाँले Faculty of Animal Science, Veterinary Science and Fisheries को Assistant Dean (Academic) र हाल Fisheries Program (मत्स्य विज्ञान) को coordinator तथा यस Program अन्तर्गत Aquatic Resources Department को Head of Department को
भूमिका निर्वाह गर्दै यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने काम गर्नु भएको छ । यही Fisheries Program (मत्स्य विज्ञान कार्यक्रम) को बारेमा चौतारीले वहाँसँग कुराकानी गरेको छ ।

 

कृषि शिक्षा भन्नाले के के बुझिन्छ ? यस अन्तर्गत पर्ने मत्स्य विज्ञानको नेपालमा पढाई कस्तो छ ? मत्स्य विज्ञान पढ्न आउने विद्यार्थीहरूको के कस्तो आशा र अपेक्षा समग्रमा पाउनु भएको छ ?

कृषि शिक्षा अन्तर्गत बाली विज्ञान, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान बिषयहरु पर्दछन् | नेपालमा कृषि, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सम्बन्धि अध्ययन, अनुसन्धान र प्रसार कृषि तथा वन विज्ञान विश्व विद्यालय र अध्ययन र अनुसन्धान त्रिभुवन विश्व विद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा हुन्छ | कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा मत्स्य विज्ञानमा स्नातक (B.Sc. Fisheries), स्नातकोत्तर (M.Sc. Fisheries) र विद्यावारिधि (Ph. D. Aquaculture) तहको पढाई हुन्छ | मत्स्य विज्ञानमा स्नातक तहको पढाई नेपालमा कृषी तथा वन विज्ञान विश्वविद्यालयमा मात्र हुन्छ | मत्स्य विज्ञान अन्तर्गत मत्स्यपालन र प्राकृतिक जलाशयमा माछा तथा जलचर र पर्यावरणको व्यवस्थापनको साथै ‘post harvest’ प्रविधी पर्दछन् | मत्स्य विज्ञान अध्ययन गरेका विद्यार्थीहरुको अभिरुची सरकारी जागिरमा धेरै भए पनि यो व्यवहारिक र सीपमुलक शिक्षा भएकोले विद्यार्थीहरु आफैले माछापालन गरेर उद्दमी पनि बन्न सक्छन् | मेरो विचारमा मत्स्य विज्ञानमा अध्ययन गर्न आउने विद्यार्थीहरुले स्वदेशमा नै गुणस्तरीय शिक्षा प्राप्त गर्ने र भविष्यमा गएर मत्स्य विज्ञानको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, रोजगारीको अवसर पाउने तथा अध्ययन र अनुसन्धान गर्ने अपेक्षा राखेका हुन्छन् |

World Fisheries Day, नारायणी नदि, भरतपुर

 

नेपाल एक कृषिप्रधान देश हो। नेपालको सन्दर्भमा मत्स्य विज्ञानको शिक्षा कस्तो रहेको छ ? के यस विषयमा विद्यार्थीहरूमाझ पर्याप्त रुचि रहेकोछ?

नेपाल कृषि प्रधान देश भएको र देशमा मत्स्यपालन को सम्भवना राम्रो भएकोले विद्यार्थीहरुको रुची उत्साहजनक छ | हाल देशमा मत्स्यपालनको विकास १०% प्रति वर्ष भएकोले मत्स्य विज्ञानमा विद्यार्थी हरुको आकर्षण बढ्दो छ | यो वर्ष २० सिटको लागि लगभग ४०० आवेदन परेको थियो भने गत वर्ष १८ सिट को लागि ५०० भन्दा धेरै आवेदन परेको थियो | मत्स्य विज्ञानमा कृषिका अन्य विषयहरुको तुलनामा महिला विद्यार्थीको आकर्षण बढ्दो छ | स्नातक तहमा महिला र पुरुषको अनुपात बराबर (५०:५०) छ | तसर्थ मत्स्य विज्ञान शिक्षाले कृषि शिक्षामा लैंगिक सन्तुलन कायम गर्न सहयोग गरेको छ |

 

नेपालमा माछा-पालनको व्यवसायिक स्थिति र भविष्यको बारेमा संक्षिप्तमा बताइदिनुहोस् न । विद्यार्थीहरू र व्यवसायीहरूको निम्ती यो विषय किन महत्वपुर्ण र रुचीकर हुन सक्छ ?

नेपालमा माछापालनको हालसम्मको विकास उत्साहजनक भएता पनि उत्पादन पर्याप्त छैन | नेपालमा २०७४/७५ मा मत्स्य पालनबाट ६५,५४४ टन र प्रक्रितिक जलाशयबाट २,१०० टन गरि माछाको कुल उत्पादन ८६,५४४ टन भएको थियो भने २०७३/७४ मा कुल उत्पादन ८३,००० टन थियो | यो उत्पादन २०७३/७४ को तुलना मा ३.२% ले बढी हो | २०७३/७४ मा माछाको माग १७२३५२ टन थियो | माछाको उत्पादनमा निरन्तर वृद्धि भएता पनि देशको माग पुरा हुन सकेको छैन | तसर्थ माछाको उत्पादन बढाउन अति आवश्यक छ | यसका लागि सरकारले कृषकहरुलाई बर्गिकरण गरि उत्पादनमूखी कार्यक्रमहरु ल्याउन जरुरि छ | मत्स्यपालन कृषकहरुलाई उन्नत प्रविधि, आवश्यक तालिम, भरपर्दो सहयोग र उचित बजार व्यस्थापनको आवश्यकता छ | हाल नेपालीहरु स्वास्थ्य प्रति सजग हुन थालेकाले नेपालमा माछाको माग दिनानुदिन बढ्दो छ | माछामा ओमेगा ३, भीटमिन ए, मिनरल्स जस्तै क्याल्सियम, आइरन, जिन्क धेरै पाइने हुनाले नेपालीहरुले माछा नियमित खान थालेका छन् | माछापालनबाट अन्य खेती भन्दा नाफा बढी हुने हुनाले क्रिषकहरु माछापालनतर्फ आकर्षित भएका छन् | तसर्थ नेपालमा माछापालनको भविष्य उज्ज्वल छ | मत्स्य विज्ञानमा जनशक्ति कम भएको र अवसरहरु धेरै भएकोले बिधार्थीहरुको यो बिषय तर्फ रुची बढ्दो छ |


विद्यार्थीहरुलाई माछा खेतीको व्यावहारिक प्रशिक्षण (Learning for Entrepreneurial Experience)

 

मत्स्य विज्ञानमा अनुसन्धानको अवसरहरू कस्तो रहेको छ ? तपाईले अनुसन्धान गर्दै गर्नु भएको र गर्न मन लागेको विषय के के हुन् ?

मत्स्य विज्ञानमा अनुसन्धानका अवसरहरु पर्याप्त छन् | राष्ट्रिय कृषि अनुसन्धान परिषद अन्तर्गत मत्स्य अनुसन्धान महाशाखा र कृषि तथा वन विज्ञान विश्वविधालयको मत्स्य विज्ञान कार्यक्रमले यस सम्वन्धि उल्लेखनीय अनुसन्धानहरु गर्दै आएको छ | मैले कार्प, सिद्रा, मागुर, टिलापिया, झिंगे माछाको उत्पादन प्रविधि, साना सिद्रे माछामा पाइने पोषक तत्व र माछापालनमा महिलाको सहभागिता र सशक्तिकरण सम्बन्धि अनुसन्धान गरेकी छु | मलाई यी विषयहरुको साथै भविष्यमा ‘aquaponics’ मा अनुसन्धान गर्न मन छ |

 

तपाईं निकै लामो समयदेखी शिक्षण गर्दै आउनु भएको छ र शैक्षिक नेतृत्व पनि सम्हाल्नु भएको छ । यी दुई भूमिकाहरूको लागि के कस्तो सीप र कौशल आवश्यक हुने रहेछ ? कुनै खास शिपको लागी तपाईले विशेष मेहेनत गर्नु परेको थियो ?

सबैभन्दा पहिला विषयगत ज्ञान र दक्षता आवश्यक छ | त्यसपछि कामप्रति लगनशील र इमान्दार हुनु आवश्यक छ | राम्रो शिक्षक हुनुको लागि समयानुकुल ज्ञान अध्यावधिक गरि राख्नु पर्छ |

 

तपाइँलाई आफ्नो शैक्षिक पेशागत जीवनमा, आफ्नो नेतृत्व र पहलमा भएको र आफुलाई गर्व लागेको कुनै कार्यक्रमको बारेमा बताई दिनुहोस न । भविष्यमा गर्न मन लागेको कुनै कार्ययोजनाको बारेमा पनि बताई दिनुहोस न ।

गर्व भन्दा पनि नेपालको सिद्रे माछाहरुमा पाइने पोषक तत्वहरुको बारेमा गरेको अनुसन्धान जो नेपालमा पहिलो पटक गरिएको थियो; र चितवन, नवलपरासी, मकवानपुर र कैलालीमा संचालन गरेको माछा पालनद्वारा महिला सशक्तिकरण परियोजनाबाट सन्तुष्ट छु | मत्स्य विज्ञान कार्यक्रम हाल पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय अन्तर्गत रहेकोमा यसलाइ भबिष्यमा छुट्टै संकायको रुपमा विकास गर्ने इच्छा छ |


विद्यार्थीहरू मत्स्य विज्ञान कार्यक्रमको जलाशय सफा गर्दै

 

तपाईं एक महिला अध्येता (academic), शिक्षाविद् र नेतृत्वदायी व्यक्तित्व हुनुहुन्छ। महिला नेतृत्वको बारेमा तपाइँका अनुभवहरू के कस्तो रहेको छ ? उच्च अध्ययन गर्न चाहने अन्य महिलाहरुलाई के सुझाव दिनुहुन्छ र नेतृत्वमा रहेको महिलाहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

महिला नेतृत्वको अवस्था अझैं पनि परिपक्व र पूर्ण भैसकेको छैन | यधपी अवसरहरुको ढोकाहरु खुल्दैछन् | उच्च अध्ययन गर्न चाहने महिलाहरुलाई आफ्नो क्षमता अभिवृद्धि गर्ने र आफ्नो क्षमतामा विश्वास गर्ने सल्लाह दिन चाहन्छु | नेतृत्वमा रहेको महिलाहरुलाई क्षमता भएका तर अवसर नपाएको महिलाहरुलाई प्रोत्साहन दिई अगाडी बढ्न प्रेरित गर्दै अवसर प्रदान गर्न सल्लाह दिन चाहन्छु |

 

मत्स्य विज्ञानमा उच्च अध्ययन गर्न चाहने समस्त विद्यार्थीहरूलाई तपाईं के सल्लाह दिन चाहनुहुन्छ ?

नेपालमा मत्स्य विज्ञानको ठुलो महत्व छ | यो विषय अध्ययन गरेर विद्यार्थीहरुले पछुताउनु पर्दैन | यो व्यवहारिक बिषय भएकोले विद्यार्थीहरु आफैले व्यवसायको रुपमा यसलाई अंगाल्न सक्छन् | यसले स्वरोजगारको अवसर सिर्जना गर्नुको साथै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउंछ | नेपाल माछामा आत्मनिर्भर नभएको हुनाले नेपाली मुद्रा बिदेसिनुबाट जोगाउछ |


World Water Day उत्सव, रामपुर

 

 

Contact: [email protected]

Sujhaab Chautaari

Author: Sujhaab Chautaari

2 responses to “मत्स्य विज्ञान- अध्ययन, अनुसन्धान र उद्यमको अवसर: प्रा. डा . शुनिला राई”

  1. Avatar Cobbs says:

    You did a excellent job! This post seem quite good.

  2. Avatar Ellenberger says:

    It appears that it is reasonable, I was considering that
    for a while, and you also knowI made the very same conclusions.
    I recall those times of the this past year at uni, that was a entire mess, daily and with no
    end. The only thing I decided to do was to order a number of
    my academic assignments at essay services. Well, imagine what
    a relief that it had been. I struggled a couple of weeks along with
    my essays, and this ceremony https://essayhub.com just saved me!!!
    I graduated with good grades, and even now I’m so thankful for the service they
    provide me back afterward.

Leave a Reply

Your email address will not be published. Required fields are marked *