Skip to main content

नेपालमा विज्ञान-अनुसन्धान यात्रा : डा. वसन्त गिरी, KIAS

Shree Higher Secondary School, मौरिघाट, दाङबाट SLC exam दिदासम्म वसन्त गिरीले Science Lab कस्तो हुन्छ देखेका थिएनन् । चुम्बकको बारेमा किताबमा पढे पनि चुम्बक वास्तवमा कस्तो हुन्छ देखेका थिएनन् । SLC सकेर उनी काठमाडौं आए र Amrit Science Campus बाट I.Sc. गरेर Tri Chandra College बाट B.Sc. र M.Sc. गरे । त्यस पश्चात Oregon State University, USA बाट Analytical Chemistryमा अर्को Masters गरे र University of Wyoming, USA बाट सोही विषयमा Ph.D. गरे ।

अमेरिका गएर पढ्दाका शुरुवाती दिन सम्झिदै उनी भन्छन कि नेपालदेखी नै किताब पढ्ने बानी भएको हुँदा किताबी र सैद्धान्तिक ज्ञान त थियो तर जब practical knowledge र skills को कुरा आउथ्यो, आत्मविश्वास को ठूलो कमी थियो । Lab instruments छुदा मात्रै पनि बिग्रेला कि अनि गाली खाइएला कि भनेर मन-मनै डर लाग्ने गर्थ्यो । तर काम गर्दै जादा अनुसन्धानको रसले एकदम तान्यो र उनले अनुसन्धान यात्रामा नै अघी बढ्ने निधो गरे । दाङको एउटा साधारण सरकारी स्कुलबाट अमेरिकाको विश्वविद्यालयमा गएर वैज्ञानिक हुनु उनको यात्राको एउटा चरण मात्र थियो । उनको मन आफूले पाएको ज्ञान र शीप नेपाल फर्केर share गर्नु थियो । आफुले बटुलेका अनुसन्धान सामग्री दुई suitcase मा भरेर उनी नेपाल फर्किए ।

डा. गिरी नेपाल फर्केर Nepal Academy of Science and Technology (NAST) मा research fellow भएर काम गरे । तर त्यहाँ मासिक तलब पाए पनि ठोस काम गर्न नपाएको, नसकेको लागेर उनले अन्य वैज्ञानिक साथीहरूसँग मिलेर Kathmandu Institute of Applied Sciences (KIAS) संस्थापन गरे । 2014 मा शुरु भएको KIAS मा अहिले जैविक विविधता, जलवायु परिवर्तन, खडेरी अध्ययन, वातावरण प्रदूषण जस्ता विषयमा अनुसन्धान हुनुको साथै जैविक र रासायनिक विश्लेषणका लागि नयाँ प्रविधि विकासको अध्ययन-अनुसन्धान पनि हुन्छ।

डा. गिरी भन्छन् कि नेपालमा अनुसन्धान गर्न सजिलो त छैन । अनुसन्धान सामग्री सजिलै उपलब्ध नहुने, भएका सामान ३ गुना बढी महँगो हुने र प्राय सँधै सामान आयात गर्न पर्ने यावत समस्या छन् । तर यही समस्याहरुमा पनि अवसर हुन्छ । KIAS ले नेपालको local problems लाई सम्बोधन गर्दै कसरी low-cost, easy-to-use solutions खोज्न सकिन्छ भनेर अनुसन्धान गर्दै आएको छ । Scientific rigor सँग काम गरे local solutions को global audience पाइन्छ भन्छन्  डा. गिरी । KIAS ले प्रतिष्ठित अन्तर्राष्ट्रिय Journals मा आफ्ना कामहरु निरन्तर प्रकाशित गर्दै आएको छ ।

नेपाली अनुसन्धानका कामहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुको साथ-साथै नेपाली समाजलाई पनि विज्ञान र अनुसन्धानको महत्व बुझाउनमा KIAS र डा. गिरी आफै लागी परेका छन् । समग्र प्रणालीगत परिवर्तनबाट मात्र दीगो र प्रभावकारी विज्ञान-अनुसन्धान गर्न सकिन्छ भन्ने बुझेका KIAS समुहले science policy लाई पनि प्राथमिकता दिदै आएको छ । नेपालका अहिले सम्मका सबै विश्वविद्यालयहरु मात्र teaching universities भए , knowledge transfer गर्ने थलो मात्र भए, knowledge generation चै हुन सकेन भन्नेमा डा. गिरीको दुखेसो रहेको छ । त्यही भएर KIAS लाई भविष्यमा एउटा विश्वविद्यालयमै परिणत गर्ने योजना रहेको डा. गिरी बताउछन् ।

विज्ञान-अनुसन्धान यात्राको बारेमा भएको यस कुराकानीमा डा. वसन्त गिरीले आफ्ना इच्छा, अनुभव , दुखेसो, सपना सबै खुल्लासँग, मनबाट बताएका छन् । यस audio podcast सुनेर प्रतिक्रिया दिनुहोला ।

 

डा. वसन्त गिरीको बारेमा थप सामाग्री :

Basant Giri Research Group | Linkedin | Google Scholar | ResearchGate

Personal Blog | Nepa Chem, Chemistry Blog

शुद्ध हावाको तिर्सना, कान्तिपुर दैनिक, २०७५

किन हुन्छन् हवाइ दुर्घटना ? कसरी कम गर्न सकिन्छ, OnlineKhabar, २०७२ 

Sujhaab Chautaari

Author: Sujhaab Chautaari

Leave a Reply

Your email address will not be published. Required fields are marked *