सुजय न्यौपाने Department of Brain and Cognitive Sciences , MIT मा postdoctoral fellowको रूपमा कार्यरत हुनुहुन्छ । जब स्मृतिमा रहेका पुराना घटनाक्रमहरु स्मरणमा पुन: ल्याइन्छ, त्यतिबेला मस्तिष्कमा के-कस्ता आन्तरिक प्रक्रियाहरू हुने गर्छन् भन्ने कुरा वहाँको अनुसन्धानको मुख्य विषय हो । समष्टमा , वहाँको अध्ययनको रूची हामीले आखाले देखेको दृश्य मस्तिष्कमा कसरी बुझ्छौं (visual perception)र विचार, अनुभव र संवेदनाहरुलाई मस्तिष्कले कसरी बुझाईमा परिणत गर्छ (cognition)भन्ने रहेको छ ।
Sujaya is a postdoctoral fellow at the Department of Brain and Cognitive Sciences at MIT. His research focuses on understanding the internal processes in the brain when a memorized order of events are recalled and navigated. Broadly, he is interested in studying visual perception and cognition.
तपाईको अहिलेको अनुसंधानको बारेमा सन्क्षिप्तमा बताई दिनुस् न । तपाईलाई यसमा रमाइलो र उत्साहजनक लाग्ने मुख्य कुराहरु के हुन् ?
Please tell us briefly about your current research. What do you find most exciting about it?
हाम्रो कानको ३-४ cm जति भित्र पट्टी दिमागमा hippocampus नाम राखिएको, sea horse जस्तो आकारको एउटा टुक्रा छ । यो दिमागको टुक्रोमा हाम्रो सम्झनाहरू रहेको हुन्छ भन्ने मानिन्छ । Alzheimer’s disease भनिने स्मरण शक्तिको क्षति हुने रोग लाग्दा शुरुमा दखल पर्ने भाग पनि यो hippocampus हो । hippocampus र यसको वरिपरीको भागलाई दिमाग को GPS पनि भनिने गरिन्छ । एउटा ठाउँबाट अर्को ठाउँ जादा बाटो सोचेर योजना बनाइन्छ; कही नजादा पनि आफु वरिपरीको स्थानको ज्ञान हामिलाई हुन्छ । एस्तो योजना बनाउदा वा आफु रहेको ठाउँको अनुभुती गराउन यही hippocampus का न्युरनहरु सकृय रूपमा काम गर्ने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । म अहिले यिनीहरुलाई सम्युक्त रूपमा राखेर hippocampus को अध्ययन गर्ने तयारी गर्दै छु । वास्तविक जीवनमा एक ठाउँबाट अर्को ठाउँमा गए जस्तै, स्मृतीमा रहेको कुनै घटनाको बारेमा सोच्दा घटनाक्रम को एउटा झलकबाट अर्को झलकमा जादा hippocampus ले कसरी काम गर्छ होला ? भन्ने मेरो प्रश्न हो । भु-भागमा GPS को प्रयोग भए जस्तै स्मृतीको समय-रेखामा चल्न पनि कुनै किसिम को GPS को प्रयोग हुन्छ कि ?
About 3-4 cm behind our ears, towards the inside of our brains, there is a seahorse-shaped structure called hippocampus. It is thought that this piece of our brain contains our memories. Alzheimer’s disease, which we might have heard as a condition that causes severe memory loss, starts with damage to the hippocampus. Hippocampus is also popularly known as the GPS of the brain. We plan our movement to go from one location to another; or even in absence of any movement, we know where we are. When we make such spatial plans or when we have a sense of our location, scientists have discovered that the otherwise silent neurons of hippocampus start firing and working together. Currently, I am planning to study these two seemingly different sounding concepts (memory and spatial knowledge) together with a goal to find a link between them. Similar to how we plan and travel from one physical location to another in real life, when we remember certain events of our past and go from one moment to another how might the neurons of hippocampus work? This is the type of question I am asking. If some sort of GPS is used to navigate physical space, is there a special GPS that helps us navigate the timeline of memory?
Can we find some embodied material substrate of something abstract like memory, yet a crucial aspect of our life? Such questions excite me. Because memory and time are very closely related, our research inherently begs the question of how we perceive time. Is there some sort of clock in our brain that keeps track of time and plays a role in the perception of time? This is another interesting aspect of this research for which no one really has an explanation.
न्युरोसाइन्स(Neuroscience)को क्षेत्रमा नयाँ उन्नति (advancements and breakthroughs) को बारेमा पनि सन्क्षिप्तमा बताई दिनुस् न ।
What are the recent advancements and breakthroughs coming up in the field of neuroscience?
न्युरोसाइन्स तुलनात्मक रूपमा एउटा नयाँ विषय हो। स्पैनका वैज्ञानिक रमोनि काहालले गरेका दिमागको कोशहरुको विस्तृत र वृहत दस्तावेजीकरणले दिमाग र मस्तिष्कको बारेमा सोच्ने एउटा नयाँ तरिकाको जन्म भयो। यो केवल सय वर्ष मात्र पुरानो कुरा हो। उनी कलाकार र चिकित्सक दुवै थिए जसले गोल्गि नामक समकालीन वैज्ञानिकको कोषहरुलाई बिभिन्न रङले भिजाएर माइक्रोस्कोपमा हेर्ने प्रक्रिया अपनाएर दिमागको कोषहरुलाइ हेर्न थाले। कहालको काम जसले neuron doctrine को प्रतिपादन गर्यो, त्यो भन्दा धेरै वर्ष पहिले फ्रेनोलोजी भनिने pseudoscience प्रचारमा थियो। यो अवधारणा अनुसार मान्छेको टाउकोको आकार र आकृतिले उसको मानसिक क्षमताको मापन दिन्छ तर यसको पुष्टि भने कहिल्यै भएन। कहालको पर्यवेक्षणले हाम्रो मष्तिस्क विषेश किसिमको स्वतन्त्र कोष (जसलाइ न्युरन भनिन्छ) हरु मिलेर बनेको हुन्छ भन्ने अवधारणा प्रतिपादन गर्यो। यसले न्युरोसायन्स अनुसन्धानको बाटो व्यापक रुपमा खोलिदियो। कहालको सिद्धान्तहरु सन् १९५० को दशकमा आएर बल्ल पुष्टि भयो जब वैज्ञानिकहरुले न्युरनलाइ शक्तिशाली इलेक्ट्रोन माइक्रोसकोपमा राखेर हेरे।
मेरो विचारमा न्युरोसाइन्समा भएको अर्को ठूलो उपलब्धि दिमागको गतिविधि न्युरनहरुबाट प्रत्यक्ष सङ्कलन गर्न सकिने विद्धुतीय प्रविधि हो। इलेक्ट्रिकल इन्जिनियरिङ र शारिरिक मनोविज्ञान (१९६०को दसकमा न्युरोसाइन्सलाइ physiological psychology भनिन्थ्यो) को वर्षौं लामो बहु-विषयक अनुसन्धानको कामले यो सम्भव भएको हो। यो प्रविधिको अन्वेषकहरुमध्ये एक हुन जन ओकिफ जसले ‘प्लेस न्युरन’ (जीवको स्थान सङ्केत गर्ने न्युरन) मुसामा पत्ता लगाएका थिए। यो प्रविधि भन्दा पहिले वैज्ञानिकहरु कि दिमागमा घाउ भएर साधारण व्यवहारमा दखल परेको जनावर र मान्छेहरु अध्ययन गर्थे या निधन भइसकेपछि दिमागबाट न्युरनलाइ झिकेर प्रयोगशालाभित्र प्लेटमा राखेर अध्ययन गर्थे। जिउँदो र हलचल गरिरहेको जीवको न्युरनहरुको गतिविधि प्रत्यक्ष सङ्कलन गर्नसक्ने क्षमताले मनोविज्ञान र मस्तिष्कको शारिरिक विग्यानलाइ महत्वपूर्ण रुपमा मिलाइदियो। यसले वैज्ञानिकहरुलाइ रोचक मनोवैज्ञानिक परिक्षण गर्न र साथसाथै जीवको मस्तिष्कबाट प्रत्यक्ष रेकर्ड गर्न सवल बनाइदियो। ‘प्लेस न्युरन’ को खोज यसको एउटा अभुतपूर्व उदाहरण हो।
Neuroscience is a relatively new field. Ramon y Cajal’s meticulous documentation of cells in our nervous system gave birth to a new way of thinking about the mind and the brain, and that was only in late 19th and early 20th century, merely ~100 years ago. He was an artist and a medical doctor who used Golgi’s method of staining tissues to look at cells from the nervous system under a microscope. Many years before Cajal’s work which led to the ‘neuron doctrine’, the pseudoscience of phrenology was at prominence; it’s the idea that the shape and size of one’s head indicates one’s mental capabilities. Cajal’s observation basically indicated that our nervous system is made up of special individual cells called neurons. This concept opened up a vast area of research of the nervous system and the brain. Cajal’s theories were conclusively proven in the 1950s when neurons were observed under electron microscope and scientists indeed found that neurons were distinct units with synaptic connections between them.
I think another big advancement in neuroscience is the ability to do neural recordings from behaving animals. This was possible through years of multi-disciplinary work spanning electrical engineering and physiological psychology (which is what neuroscience was called in the 1960s). One of the pioneers of this method was John O’Keefe who was awarded the Nobel prize in 2014 for discovering ‘place cells’. People had either studied behaviour of animals and humans with brain lesions or had studied cells and tissues from the brain in-vitro, outside the behaving body. Being able to record and analyse the neural activity of an awake animal was a crucial bridge that connected the field of neuropsychology and neurophysiology. This made it possible to design clever experimental paradigms and study an animal’s cognitive behaviour while simultaneously recording neural signals from different parts of its brain. Discovery of place cells (neurons that encode where an animal is currently located in allocentric space) is an exemplar result of this breakthrough.
न्युरोसाइन्स एउटा बहु-विषयक (multidisciplinary) क्षेत्र हो । यस बिषय पढ्न कुन कुन पृष्ठभूमिका विद्यार्थी आउछ्न् ? र यो बिषय पढेकाहरु कुन कुन क्षेत्रमा जान्छन् ?
Neuroscience is such a multidisciplinary field. What different majors can pursue it and what are the different career avenues Neuroscience professionals?
न्युरोसाइन्स एउटा बहु-विषयक क्षेत्र मात्र नभएर यस भित्र पनि फरक फरक क्षेत्रहरु(sub-fields) छन् । हरेक क्षेत्र बहु-विषयक पनि छन् । त्यसैले न्युरोसाइन्समा फरक फरक पृष्ठभूमिबाट विद्यार्थीहरु आउने गर्छन् । स्नातकमा गणित, भौतिक विज्ञान, ईन्जिनियरिङ, कम्प्युटर विज्ञान पढेका मान्छेहरु मेरो क्षेत्र (Computational/System Neuroscience) म बढि देखिन्छन् । तर Philosphy वा Psychology पढेर धेरै किसिमका course गरेका विद्यार्थीहरु पनि न्युरोसाइन्स पढ्न इच्छुक हुन्छन् । यस्तो गर्ने उदाहरण पनि छन् ।
अरु विषय पढेर यो विषय पढ्न आउने हुनाले, न्युरोसाईन्टिस्टहरु न्युरोसाइन्स अनुसन्धान मै बस्छन् धेरै जसो । Computational र Cognitive न्युरोसाइन्स नभएर Molecular न्युरोसाईन्टिस्टहरु चाहिं pharmaceutical क्षेत्र तिर पनि जान्छन् र औषधि उपचार को खोजी गर्छन् । गत ५-७ बर्ष यता Computational न्युरोसाइन्समा विद्यावारिधि गरेका विद्यार्थीहरुको माग निजी क्षेत्रतिर बढेको छ । Machine Learning को उपयोगिता व्यापक बढेको हुनाले यस्तो भएको हो ।
Neuroscience is not only a multi-disciplinary field, it also has different sub-fields within it. Each sub-field can also be multi-disciplinary. Therefore, neuroscience gets students from various backgrounds and fields of study. In my sub-field of computational/systems neuroscience, you usually see students from engineering, physics, mathematics and computer science. But it’s also not uncommon to see students, who have obtained degrees in philosophy or psychology, getting interested in neuroscience. Because people get into neuroscience from other fields of study, they tend to stay in neuroscience research. Apart from computational and/or cognitive neuroscience, molecular neuroscientists go into the pharma industry and work on developing drugs for neurological disorders. In the last 5-7 years, there has been an increase in demand in the private sector for people with PhD in computational neuroscience. This has happened because of the rapid increase in the use of machine learning.
तपाईले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गर्नुभयो, वायोमेडिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभयो र न्युरोसाइन्समा विद्यावारिधि गर्नुभयो । यी विभिन्न बिषयमा कसरी आकर्षित हुनुभयो? तपाइको यी सबै बिषयको रोजाईमा कुनै common theme छ?
You did your bachelors in Electrical Engineering, Masters in Biomedical Engineering and Doctorate in Neuroscience. How did you get interested in those fields and what is the common theme in these academic choices?
म उच्च मावीमा हुँदा मलाइ भौतिक विज्ञान पढ्ने खुबै इच्छा थियो। यो इच्छा खासगरी सन् २००५ मा सेन्ट जेभियर्स कलेजमा अप्टिक्स पढाउने जिजि सरले यङ्को डबल स्लीट परीक्षण र प्रकासको इन्टरफेर्यन्स स्वरुप हामीलाइ कक्षामा बुझाउँदा जन्मेको थियो। म क्या मोहित परेको थिएँ, त्यो बुझ्दाखेरिको उत्साह अहिले पनि सम्झिन्छु। स्नातक तहमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने निर्णय गरेँ किनकी त्यो आधुनिक भौतिक विज्ञान सगँ नजिक थियो र पछि जागिर पनि सजिलोसगँ पाइन्छ जस्तो लाग्यो। स्नातक पढाइको अन्तिमतिर MRI को विज्ञानले आकर्षित बनायो। शारिरिक विज्ञानको एउटा विषय पनि लिएको थिएँ जसमा न्युरनहरुले कसरी विद्धुतीय रुपमा संचार गर्छन भनेर बझेँ। यो विषय मेरो सबै भन्दा मनपर्नेमध्ये पर्यो (र संयोगले यहि एउटा विषय थियो जसमा म झन्डै झन्डै फेल नै भएँ।) त्यस समयमा म एक वर्ष जति एउटा इन्जिनियरिङ कम्पनीमा काम गरिसकेको थिएँ र नीजि क्षेत्रमा काम गर्ने इच्छा हराइसकेको थियो। स्नाकोत्तर गर्ने निर्णय गरेँ र बायोमेडिकल इन्जिनियरिङ पढ्न मक्गिल (McGill) विश्वविद्यालयको मन्ट्रियल न्युरोलोजिकल इन्स्टिच्युट गएँ। त्यहाँ न्युरोसाइन्सका परीक्षणहरु देख्ने र गर्ने मौकाको अनुभवपछि इन्जिनियरिङको थिसिस बुझाएर न्युुरोसाइन्समा विद्यावारिधि गर्न भर्ना गरेँ। इन्जिनियरिङ भन्दा न्युरोसाइन्स अनुसन्धान मलाइ धेरै रमाइलो लाग्यो। करीब ७ वर्ष लागेछ मलाइ प्रयुक्त (applied) विज्ञान भन्दा मौलिक (fundamental) विज्ञान मन पर्ने रहेछ भनेर थाहा पाउन। कुनै कमन थिम त खासै छैन होला तर यात्रा भन्न मिल्छ। यो यात्राले मलाइ आखिरमा मलाइ उत्साह दिने अनुसन्धानको काममा ल्याइपुर्यायो, हाइ स्कूलमा पढेको डबल स्लीट परीक्षण जस्तै।
I really wanted to study physics when I was in high school. This is mainly because of the way our optics teacher (G.G. at St Xavier’s College back in 2005) showed us Younge’s double slit experiment and interference pattern of light. I was so fascinated by it, I still remember the excitement of understanding it. I chose electrical engineering as that seemed close to modern physics and also promising enough to get me a job. Towards the end of my undergrad, the physics of magnetic resonance imaging attracted me. I had also taken a course in physiology where I learned how neurons fire action potentials; this course was one of my favourites (and incidentally, also the course that I almost failed). By then, I had worked at an engineering firm for about a year and had lost interest in working in industry after my undergrad. So, I decided to pursue graduate studies in neuroimaging and went to Montreal Neurological Institute to start a Master’s in Biomedical Engineering. Upon exposure to neuroscience experiments and neurophysiology, I wrapped up my engineering degree and enrolled for a PhD in neuroscience which I enjoyed much more than engineering. It took me about 7 years to realize that I like basic science more than applied science. I don’t see a common theme in my sequence of choices, but instead I see it more as a path which eventually brought me to what I find fascinating and which makes me want to learn more, just like learning about the double slit experiment back in high school.
तपाईको शैक्षिक र अनुसंधान यात्रामा प्राप्त कुनै विशेष उपलब्धीको बारेमा बताई दिनुस् न ।
Tell us about a time you made an exciting breakthrough — or any other highlight in your journey so far.
त्यस्तो भयो भने कुनै दिन , हुन बित्तिकै तपाईंलाई बिद्धुतिय पत्र लेखेर भन्नेछु । सुझाव चौतारी मा त्यो उपलब्धिको बारेमा खबर छापिदिनुहोला ।
I will let you know by sending an email as soon as that happens. Perhaps, you can cover the news in Sujhaab Chautaari.
तपाईको शैक्षिक र व्यवसायिक यात्रामा कुनै समय थियो जति बेला तपाईको आफ्नो क्षमतामा आत्मविश्वास अलि ढल्मलेको थियो ? त्यो परिस्थितिलाई तपाईले कसरी लिएर अगाडी बढ्नुभयो ?
Tell us about a time you had serious doubts about your own ability in the fields you chose. How did you overcome that?
पूर्ण आत्मविश्वास चै आज पनि छैन । तर अलिकती रोचक विषय केहि (खासगरी न्युरोसाइन्स वा psychology मा) पढ्न व त्यस बारेमा सोच्न थालेपछी अरु कुराहरु बिर्सिन्छु जस्तो लाग्छ । आत्मविश्वासभन्दा नि परिश्रममा ध्यान दियो भने अलि सहयोग हुन्छ मलाई । आत्मविश्वास चै कहिले आउंछ कहिले जान्छ ।
I still don’t have full confidence. But if I find something interesting to read (esp in neuroscience or psychology), I get really into it and kind of forget everything else. More than self-confidence, putting emphasis in doing hardwork helps me. Self-confidence comes and goes.
यदि तपाई स्नातकोत्तर प्रवेश समिति (Graduate Admissions Committee) मा हुनुभयो भने, प्रत्याशित विद्यार्थीमा के कस्ता गुणहरु चाहनुहुन्छ ?
If you were in the admissions committee, what qualities would you look into a prospective graduate candidate in your field ?
यो प्रश्नको उत्तर म स्पष्ट रुपमा दिन सक्दिन किनकी म कहिल्यै पढ्न भनेर हालेको दर्खास्त अस्वीकार गर्न सक्दिन। मेरो विचारमा धेरै जसो स्कूलमा विद्यार्थी छनौट उचित ढङ्गबाट हुँदैन, हुन पनि सक्दैन जस्तो लाग्छ। अमेरिका र क्यानाडामा त झन् GRE, MCAT जस्ता अप्रासंगिक परीक्षाको अंक हेर्छन्। प्रतिस्पर्धा ज्यादा भएर त्यसो भएको होला। म भन्छु नयाँ भवन बनाऔँ, अरु शिक्षक भर्ती गरौँ, शिक्षालाई खुला बनाऔं। तर त्यो त्यति सजिलो सगँ हुदैन। गत सालको हामीले आयोजना गरेको AI स्कूलमै कति धेरैलाई अस्वीकार गर्न पर्यो। यो कुरा ध्यानमा राखेर, मेरो सुझाव यस्तो छ। स्नाकोत्तर भर्ना लिने समिति र त्यस्तै बाह्य कारकहरुको बारेमा सोच्नुको साटो, आफूलाई बुझ्ने कोशिस गर्नुहोस। प्रवृत्ति, परम्परा, मानदण्डबाट प्रभावित नभइ गहिरो सोचमा डुब्नुहोस र सोध्नुहोस तपाईंलाई केले उत्साह दिन्छ, केले तपाईंको उत्सुकता अति बढाउछ? मेरो विचारमा शिक्षाको मुख्य भूमिका भनेको लुकेको रचनात्मक रत्नलाई बाहिर प्रकट पार्नु हो। हाईस्कूल र स्नातक तह यहि कुराको खोजी गर्ने समय हो। आफुलाई मन लाग्ने बाटो भेट्ने बित्तिकै लागी पर्नुहोस। स्नाकोत्तर को लागि म सच्चा रुपमा लेखिएको निबन्ध हेर्थे जसमा तपाईंको खोज र विचारप्रवाहको सत्यकथा होस। मेरो लागि त यो सजिलो छ – म पढ्छु र एउटा निर्णय दिन्छु। मेरो लागत धेरै छैन तर कुनै विषयमा ५ वर्ष बिताउने जोखिम तपाइँको हो। त्यसैले अलिकति गहिरेर सोच्नुहोस् आफुलाई के गर्न वा पढ्न मन छ, जवाफ आफूभित्रै खोज्नुहोस्। आफूमा त्यो स्पष्टता आएपछि स्नाकोत्तर को दर्खास्त हाल्ने प्रक्रिया र अनुसन्धानको बाटो आनन्दित र फलदार हुन्छ।
I cannot answer this question clearly as I would never want to reject an application. I am not a fan of competitive process to get admission to a school. In my opinion existing methods of student selection in many schools are haphazard and involve irrelevant requirements from an applicant (GRE, MCAT and so on in case of USA and Canada). I suppose that is because of high level of competition. I am for building more buildings and hiring more teachers or if not, making education open access. I say that but in reality that’s not going to happen right away. Even in the Nepal AI school we organized last year, we had to reject so many applicants. So, here is what I suggest. Instead of thinking about graduate admissions committee and other external factors, try to understand yourself and do some introspection. Think hard about what makes you excited and what you are curious about without being influenced too much by the norm or the trend. In my opinion, the main purpose of education is to bring out the unique gem of creativity in you. High school and undergraduate is the time to explore yourself (no reason not to start even earlier). Once you get a hint of what you love to do or learn about, go for it. I would look for truthful and genuine personal statement that tells me the story of your thought process. It’s relatively easier on my side – I will believe what you say and make a judgement. So, the cost for me is not that much but you on the other hand have a higher stake. Spending 5 years on a topic is an investment for you. An important part of graduate school is going through the process of doing research and realizing that this is what you want to do (or not do) for the rest of your life. So think hard about what you want to do and get an answer from your own intellect. Once you have that clarity, applying to graduate school and pursuing research questions will be joyful and productive.
Neuroscience को क्षेत्रमा जान चाहनेहरुलाई कुनै ३ वटा online resources उल्लेख गरिदिनुस् न ।
Can you recommend 3 resources for people looking to get into your field?
निम्न र उच्च मावि को लागि/ For middle and high schoolers:
Backyard Brains- Neuroscience for everyone
स्नातक तहलाई/ For junior undergrads:
Computational Neuroscience Wikipedia
Nobel Prize Lecture by John O’Keefe, May-Britt Moser and Edvard I
स्नाकोत्तर मा कम्प्युटेश्नल न्युरोसाइन्समा जान चाहनेको लागि/For those considering getting into computational neuroscience at graduate level:
Vision by David Marr
Computational and Systems Neuroscience Conference (Cosyne) Talks series
Computational Cognitive Science by Josh Tenenbaum
Human cognition बारेमा तपाईले अध्ययन अनुसंधान गर्नुभएको छ । विश्वको साधन-संपन्न संस्थामा काम गरिसक्नुभएकोछ । त्यस्तै नेपालको दुर्गम गाउंका विद्यालयहरुमा पनि काम गर्नुभएकोछ । गुणस्तरीय शिक्षालाई सर्व-सुलभ कसरी बनाउन सकिन्छ होला ?
Based on your study of human cognition and your own experience of working in some of the most resourceful institutions and volunteering in rural schools of Nepal, how do you think we can help make quality education accessible?
यो प्रश्न त दोर्जे गुरुङ र केदार माथेमाहरुलाई सोध्नुपर्ने जसले शिक्षणको बारेमा गहिरो रुपमा सोचेका छन्। तापनि मेरो दुई पैसा यस प्रकार छ – मलाइ लाग्छ कि गुणस्तरीय शिक्षाको पहुँच नहुनुको कारण शिक्षण संस्थाको समस्यामा नभएर समाजको बनावट र संरचनामा छ, नेपालमा या अन्य कतै। अनि शिक्षण प्रणालीको सुधारमा साच्चै नै गम्भीर रुपमा लाग्ने हो भने समाजको हरेक मान्छेले शिक्षित हुनुको अर्थ के हो भनेर प्रश्न गर्नुपर्छ। त्यस प्रश्नको उत्तरहरु अनेक किसिमका हुन्छन, तर जब शिक्षणको बारेमा हाम्रो सामूहिक स्तरमा आवोध हुन्छ, हामी गुणस्तरीय शिक्षामा सबैको पहुँच हुने बाटोतर्फ हिँड्न सक्छौं। धेरै विस्तारमा नगइकन एउटा रुपकमार्फत बुझाउने कोसिस गर्छु। मैले अघि भनेको दृष्टिकोणमा जाउँ – हरेक बच्चा सृजनशीलताको एउटा अद्वितीय रत्न बोकेर जन्मिन्छ र शिक्षाको मार्फत त्यो रत्नलाई टल्काउन सकियो भने समाजलाई अगाडि बडाउने अद्वितीय क्षमतामा परिणत हुन्छ। एउटा यस्तो संस्थामा जहाँ हाइ स्कूल सक्ने विद्यार्थीमध्ये पहिलो श्रेणीमा आउनेले डाक्टर पढ्ने, दोस्रोले इन्जिनियरिङ, तेस्रोले व्यवसाय, चौथो मानविकी र शिक्षण, तपाइँको लुकेको रत्न जे भए पनि, तपाईं सुन, चाँदी, तामा र फलाम बाहेक केहि पढ्नु वा बन्नु हुन्न। म यसलाई लुकामारीको शब्दावली सापट लिएर ‘भए पनि नभएपनि आँइ!’ भन्छु। शायद हाम्रा बच्चाहरू यो पूर्वनिर्धारित धातु बन्न चाहदैनन्।
This question should be answered by experts like Dorje Gurung, Kedar B Mathema and so on who have thought deeply about education. But here is my two cents: I think the question of access to education lies not in the educational system but rather in the social structure of our societies, whether in Nepal or elsewhere. In other words, access to quality education is a social issue. If we want to make quality education accessible, we have to ask ourselves what it means to be educated. Surely, there will be a diverse set of answers. But once we have a collective understanding of it, we need to then work towards egalitarian access to such an education. Without going too much into the details of my thoughts on education, I will try to indicate it with a metaphor. Let’s go back to the view that every child is born with a gem of creativity which when polished with education manifests as a unique capacity to advance our society. In a system where, of the students who attend high school, you go to medical school if you rank highest in grades, engineering school if you rank second, commerce and accounting if third, arts and humanities after that and you become a teacher if you rank last, regardless of what talent you latently hold, you will be forced to either be gold, silver, bronze, iron or whatever. I call this ‘bhaye pani nabhaye pani aaaaiiiii’ using our good-old lukamari lingo. Perhaps many of our children don’t want to be any of these predefined metals.
तपाइको जिवनमा mentorship को प्रभाव र भूमिकाको बारेमा वताइदिनुस् न ।
Tell us about the role of mentorship in your professional life.
मलाइ लाग्छ २०-२२ बर्ष सम्म निजी वा व्यक्तिगत गुरु भनौ वा उपदेशकको खासै मतलब हुँदैन। मलाइ के विश्वास छ भने मान्छेहरुलाइ आमरुपमा उत्सुक र अन्वेषक हुन्छन् । त्यसको लागि गुरु भन्दापनि समर्थन पूर्ण वातावरण चाइन्छ र आफ्नो रुचिको विषयमा डुबुल्की मार्ने स्वतन्त्रता हुनुपर्छ। तर पछि गएर एउटा विशिष्ट विषयमा विद्यावारिधि नै गर्ने हो भने कुन प्राध्यापकसँग काम गर्ने निर्णय धेरै महत्वपूर्ण हुन्छ। दुइ-तीन वटा प्रयोगशालामा छोटो छोटो काम गरेर अनि निर्णय गर्ने प्रावधान हुन्छ आजकल विश्वविद्यालयहरुमा। त्यसो गर्नाले आफ्नो अनुसन्धान रुचि र आफ्नो व्यक्तित्वसँग धेरथोर मिल्ने प्राध्यापक चुन्ने मौका मिल्छ। दुइजना प्राध्यापकहरु सगँ काम गर्दा पनि सहयोग हुन्छ। मेरो विध्यावारिधिमा दुईजना हुनुहुन्थ्यो र उहाँहरुको धेरै वैज्ञानिक वादविवाद पर्ने भएकोले मैले सिक्ने मौका पाएँ।
Individual mentorship, I think, doesn’t matter a whole lot in the early stages of life. I believe that people are generally curious and exploratory if they are brought up in a supportive environment and let to follow their interests. However, what does matter later on if you decide to pursue research and do a PhD is your PhD advisor. So, choosing a program that offers 2-3 rotations in different labs would be a good idea. That lets you explore who you fit with the best. Also, getting co-supervised by two advisors helps. I had two advisors during my PhD and that was very helpful especially because they disagreed a lot. Academic disagreement is a potent space to learn!
तपाइले पाउनुभएको सबै भन्दा उत्तम सुझाव के हो ?
What is the best career advice you have ever received?
“कडा परिश्रम गर तर अतिनै कडा पनि नगर।” मेरो PhD डिफेन्स पछि मेरो प्राध्यापकले दिएको सुझाव। के भन्न खोज्नुभएको हो म अझ बुझ्दै छु। शायद रातिको १२ बजे, सुत्ने बेलामा सुझाव चौतारीको अन्तर्वार्ता नगर्नु भन्न खोज्नुभएको होला।
‘Work hard, but don’t work too hard’ by my PhD advisor after I defended my thesis. I am still trying to understand what he exactly meant. Maybe he meant don’t do interviews for sujhab chautari at midnight when you should be sleeping. That’s the only career advice I remember. It’s the best out of 1.
विद्यार्थी जीवनमा कुन सुझाव पाएको भए हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ?
The career advice you wished you received in your twenties.
लाग्छ कसैले गम्भीर रुपमा बाबु धेरै गणित पढ्नु भनिदिएको भए हुन्थ्यो।
I wish someone had seriously told me, “Babu, learn more math.”, early on.
तपाइको क्षेत्रमा आउन चाहनेहरुलाई तपाइको अन्तीम सुझाव वताइदिनुस् न ।
Your final words of advice for someone who wants to get into your field.
हप्ताको एक दिन किताब पढ्ने बानी बसाल्नु होस, अनि कथा, उपन्यास मात्र नपढ्नुहोस। स्नातक तहमा जतिसक्दो विभिन्न र धेरै विषय पढेर “चाख्नुहोस”। नराम्रो नम्बर आउँछ कि भनेर नडराउनुहोस् (तर धेरै वटा नराम्रो नम्बर पनि नलेराउनुहोला)। कुनै एउटा सामान्य प्रश्न लिनुहोस (जस्तै आँखा देख्नु भनेको खासमा के हो? एउटा वाक्य उच्चारण गर्नु कति सेकेन्ड या मिलिसेकेन्ड अगाडि त्यो सोच्नुभयो? तपाईंले सोचेको हरेक सोच तपाइँले नै सोचेको हो भन्ने वास्तविकतालाई तपाइँको दिमागले याद राख्न सकेन भने, कसैले तपाइँलाई खुसखुस कुरा भनेको लाग्छ होला? स्किजोफ्रेनिया भएको विरामीले यस्तै गुनासो गर्छन्।) र त्यसको जडमा पुग्ने कोशिस गर्नुहोस। जडमा पुग्न सकिएन तर पुग्न ज्यादै मन छ भने खन्न थाल्नुहोस् (यानिकी स्नाकोत्तर गर्ने तरखर गर्नुहोस)।
Dedicate at least a day every week to read, and don’t just read fiction. Explore as many courses as you can in your undergraduate studies. Don’t worry about getting some bad grades ,but don’t get too many of those. Take a trivial question (for e.g. what does it mean to see something? How many milliseconds or seconds in advance did you think of a sentence before uttering it? If your mind cannot keep track of the fact that for your every thought, YOU are the one who thought of that thought, will you feel like someone is whispering things in your mind (this is what Schizophrenic patients often complain about)? ) and try to go to the root of it and if you can’t find the root but you really want to, start digging (apply to grad school).
Leave a Reply